१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवा र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।

देउवा निवास धुम्बाराहीमा सोमबार बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास तथा सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

भेटमा सभापति देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।