२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपक्षी मोर्चा छाडे , अब एमाले एक बनाउन लाग्छु : नेता नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रतिनिधिसभा पुन:स्थापना भएसंगै अब आफु बिपक्ष गठबन्धन बाट बाहिरएको जानकारी गराउनु भएको छ ।  सोमबार साँझ बसेको बिपक्षीदलको  बैठकमा नेता नेपालले आफ्नो पार्टी  एकतातर्फ अघि बढेको र अब त्यतै सक्रिय हुने भन्दै बिपक्षी गठबन्धन बाट बाहिरिएको संकेत गर्नुभएको हो ।

 बैठकमा नेता नेपालले परिस्थितिमा बदलाव आएको तर, आफू संविधानको रक्षा एवं जनताका हक अधिकारको पक्षमा सँधै प्रतिवद्ध रहने भन्दै काग्रेस सभापति शेरबहादुर देउवालाई सबैलाई मिलाएर लान सुझाब दिनुभयो ।

बैठकमा सहभागी एमाले नेता रघुजी पन्तका अनुसार नेता नेपालले अहिले नयाँ परिस्थिति बनेको र हिजो विभाजित अवस्थामा  भएपनि अहिले पार्टीलाई एकतावद्ध बनाउने प्रयास अघि बढेकोले बिपक्षी गठबन्धन बाट बाहिर बस्नु पर्ने बाध्यतालाई बुझिदिन आग्रह गर्नुभएको थियो ।

काग्रेस सभापति शेरबहादुर देउवालाई सबैलाई समेटेर देशमा विद्यमान समस्या समाधान गर्न आग्रह गर्दे  एकलौटी ढंगले नचल्न सुझाब दिनुभयो ।