२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापती देउवाले बनाउदै छन् यस्तो मन्त्रिमण्डल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।  सोमबार ५ दलीय विपक्षी गठबन्धनको बैठकमा सभापती देउवाले भोलि नै प्रधानमन्त्रीको शपथ लिएर सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेका हुन् ।  

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेसँगै बसेको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपुर्ण भएको भन्दै स्वागत पनि  गरेको छ । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको  ऐतिहासिक निर्णय सबै नागरिकको बिजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।  

बैठक पछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्ने बारे छलफल भएको बताए ।