२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाका ज्योतिषको भविष्यवाणी,अबको ४ महिना देशलाई खड्गो छ



अ+ अ-

काठमाडौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको भविष्य हेर्दै आएका ज्योतिष सुरेशचन्द्र रिजालले आगामी चार महिना देशमा संकट पर्ने अनुमान गर्नुभएको छ ।

न्युजपोलारसंग कुरा गर्दै ज्योेतिष रिजालले प्रधानमन्त्री बन्नका लागि देउवाको समय अनुकुल रहे पनि देशको अवस्थाभने नाजुक रहेकोले उहाँले निकै सचेत भएर कदम चाल्नु पर्ने बताउनु भयो ।

मंगलबार सपथका लागि राम्रो योग रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले कोरोना महामारीको संक्रमण उस्तै छ। खोपको व्यबस्था गर्नुपर्ने छ, बाढी पहिरोको डर उत्तिकै छ, त्यसैले देउवाका लागि राम्रो योग रहेपनि देशका लागि भने चुनौतिपूर्ण रहेको छ ।

उहाँले भन्नुभयो, राजा पनि मंगल र मन्त्री पनि मंगल रहेको अबस्था छ त्यसैले कडा समय छ। राज्याभिषेकदेखि हरेक कामको शुभ साइत हेर्नुपर्छ। चार महिना कठिन परिस्थिति छ ।

तरपनि देउवाको योग शक्तिशाली रहेकोले चार महिनापछि अबस्था सुध्रने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, देउवालाई मैले अदालतले तपाईलाई नै प्रधानमन्त्री बनाउन परमादेश जारी गर्छ भन्दा उहाँले पनि पत्याउनु भएको थिएन, उहाँको योग असार २६ गते सम्म अशुभ थियो । 

अब शुभ पक्ष प्रारम्भ भयो । यतिबेला देउवाले सबैलाई मिलाउन सक्ने योग भएका कारण असोज महिनासम्म उहाँको साथ छाड्नेले दुःख पाउने भन्दै उहाँले जाने मान्छेलाई पनि धोका हुने बताउनु भयो । मुलुक अब धार्मिक हिसाबले अघि बढ्ने भन्दै धर्म निरपेक्षताको मुद्धाले अब प्रथामिता पाउने र मुलुक त्यो बाटोमा जाने अनुमान गर्नुभयो ।  
 




भर्खरै