२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा, मन्त्रिपरिषद बैठक सकियो, के हुदैछ भोलि ?



अ+ अ-

काठमाडौं । सर्वाेच्च अदालतले आज दिएको परमादेशमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेपछि एकाएक नयाँ राजनीतिक सरगर्मी बढेको छ । 

आजै प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा यो सरकारको अन्तिम मन्त्रिमण्डल बैठक बसेको थियो । त्यस बैठकमा प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई पनि बोलाएका थिए । 

उनले निजामती कर्मचारीका नेता मुख्य सचिवका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखलाई बालुवाटार बोलाएर धन्यवाद दिएका थिए । 

त्यसपछि प्रधानमन्त्री ओली भोलि नै बालुवाटार छोडेर आफ्नो निवास बालकोट फिर्ता हुने भएका छन् ।  उता भोलि नै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सपथ गराइँदैछ । यसका लागि देउवाका ज्योतिषीले अपरान्ह ४ बजेको समय निकालेका छन् । 

यता प्रधानमन्त्री ओलीले भने राजीनामा दिनु नपर्ने भएको छ । सर्वाेच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्नु भनेर समय नै किटान गरिसकेकोले वर्तमान प्रधानमन्त्री ओलीले राजीनामा दिनुु नपर्ने संविधान तथा कानुनका ज्ञाताहरुले सुझाएका छन् । 

त्यसैले प्रधानमन्त्री ओली भोलि मध्यान्हसम्म बालकोट फर्किसक्ने र देउवाले भाृेलि अपरान्ह प्रधानमन्त्रीका रुपमा सपथ गर्ने भएका बताइएको छ ।