२१ असार २०८३, आईतवार
,
Latest
किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश घरधुरी पहिराको जोखिममा



सांकेतिक तस्बिर
अ+ अ-

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीको झोबन्ना र भात्खानका गरी १० घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका छ र भात्खानका चार वटा घर उच्च जोखिममा रहेको स्थानीयवासी हरिबहादुर रावलले बताउनुभयो । मङ्सिरदेखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिराको लेदो बग्न थालेको रावलले बताउनुभयो । 
 
गाउँको माथिपट्टि खेतीयोग्य जमीन रहेकाले माथिबाट बगेर आउने पानीले लेदो बनाएर बगेर आउँदा घरहरू पहिराको जोखिममा परेका हुन् । यो समय झोबन्ना र भात्खानमा गाईवस्तु पालनपोषणका लागि लैजाने हो । उक्त क्षेत्रमा वडा नं २ का १० घरपरिवार बसोबास गर्दै आएको छ । यो क्षेत्रमा बस्तीमाथि जताततै भिरालो र भिर भएकाले थप जोखिम बढेको हो ।

उक्त क्षेत्रमा सिंह रावल, कर रावल, माने रावल, अज रावल, लब छत्याल, नैनबहादुर छत्याल, कुस छत्याल बिर्ख छत्याल, डिल्ली रावल, छत्त रावल, बुदे रावल, भगर रावललगायतका परिवार बसोबास गर्दै आएको छ ।