२१ असार २०८३, आईतवार
,
Latest
सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४३ जनामा डेङ्गु



अ+ अ-

चितवन । जिल्लामा चालु आर्थिक वर्षमा २४३ जनामा डेङ्गु लक्षण देखिएको छ । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना शुरु भएसँगै सङ्क्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो । 
 
सो अवसरमा कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष एक हजार ७१७ जनाको डेङ्गु परीक्षण गरिएको जानकारी दिनुभयो । गत आवमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो । आव २०७५/७६ मा एक हजार ९५१ जनाको परीक्षण गर्दा ३१ र आव २०७४/७५ मा एक हजार २९१ जनाको परीक्षणमा एक जनाको मृत्यु हुनाका साथै ५८ जनामा  सङ्क्रमण देखिएको थियो ।  
 
नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेङ्गु फेला परेको थियो । सन् २००६ मा तराई र भित्री मधेशमा देखिएको डेङ्गु सन् २००९ मा चितवनमा पहिलोपटक नौ जनामा देखिएको थियो । एक वर्षको अन्तरालमा सङ्क्रमण बढी देखिने गरेको जनाउँदै समयमा नै सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय तहहरुले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अब प्रत्यक्ष रुपमा नियन्त्रण गर्न काममा नै जुट्नुपर्ने समय आएको छ भन्नुभयो ।
 
गाउँ र टोलटोलमा जनचेतना जगाउनुपर्ने उहाँको भनाइ थियो । डेङ्गु  एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । घर वरिपरि बस्ने एडिस लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । यो खासगरी वर्षातको पानी, प्लाष्टिक र टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा सयौँको सङ्ख्यामा फुल पार्दछ । 
 
स्वास्थ्य कार्यालयका किट नियन्त्रक निरीक्षक राम केसीका अनुसार डेङ्गुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो ।  ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिरामी आउने, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । यो भाइरसका कारण हुने भएकाले खास उपचार नहुने र लक्षणअनुसार उपचार गरिने निरीक्षक केसीले बताउनुभयो ।