११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

स्याङ्जाको विर्घामा ‘मातृभूमि’ पुस्तकालय सञ्चालनमा

स्याङ्जाको विर्घामा ‘मातृभूमि’ पुस्तकालय सञ्चालनमा
अ अ+ अ-

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ विर्घामा मातृभूमि पुस्तकालय सञ्चालनमा आएको छ । जापान सरकारको शान्ति भोलेन्टियर एशोसियसन, रिड नेपाल र स्थानीय समुदायको सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरी सरस्वती पूजाको अवसर पारेर पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, सूचना सञ्चार कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामुदायिक सभाहल रहेको मातृभूमि पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।

“स–साना बालबालिकादेखि प्रौढ उमेर समूहलाई लक्षित गरेर रिड मोडलमा पुस्तकालय निर्माण गरिएकाले सबै उमेर समूहका लागि उत्तिकै लाभदायी हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “अग्रजहरूले सुम्पिएको गम्भीर र गहकिलो जिम्मेवारीलाई सबैको साथ र सहयोगबाट सम्पन्न गर्न पाएकोमा खुशी छु र सहयोगी सबैप्रति कृतज्ञतासमेत व्यक्त गर्दछु ।”

अत्याधुनिक पुस्तकालय सञ्चालनमा आएसँगै स्थानीयवासीमा पठन संस्कृतिको विकास हुनुका साथै सबै समेर समूहका पाठकको सिकाइको थलो बन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

दुई चरणमा निर्माण गर्ने गरी विसं २०७७ चैतमा पुस्तकालय निर्माणका लागि सम्झौता गरिएको थियो । पहिलो चरणमा कूल रु एक करोड १९ लाख एक हजार ९१ को लागतमा भवन निर्माण गर्ने सम्झौता भएको थियो । जसमध्ये जापान सरकारका तर्फबाट रु एक करोड १५ लाख सहयोग र बाँकी रु चार लाख एक हजार ९१ स्थानीय समुदायले व्यवस्थापन गरेको हो ।

दोस्रो चरणमा भौतिक सामग्री, पुस्तकहरू, साधन स्रोत, तालिमलगायत अन्य प्राविधिक कार्यका लागि रु ५२ लाख २४ हजार आठ सय ४६ सहयोगस्वरूप प्राप्त भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

बिहीबार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले नवनिर्मित अत्याधुनिक पुस्तकालय भवनको उद्घाटन गर्नुभएको थियो । उहाँले पढ्न पाउने मानिसको नैसर्गिक अधिकारको सम्मान गर्दै पुस्तकालयले यस क्षेत्रका नागरिकको चेतनाको स्तर वृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला, शान्ति भोलिन्टियर एशोसियसनका नेपाल निर्देशक हिरोको हागिहारा, रिड नेपालका अध्यक्ष भोला श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य निर्मला थापा, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, किरण पुस्तकालयका अध्यक्ष शशी पन्थी, पुस्तकालयका सल्लाहकार डिल्लीराज पाण्डे, वडा नं ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डे, पुस्तकालयका सचिव नारायण पाण्डेलगायतले शुभकामना सन्देश दिँदै पुस्तकालयको श्रीवृद्धिका निम्ति अभिभावकत्व ग्रहण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस