११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्यांकहरुको निर्माण शुरु

आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्यांकहरुको निर्माण शुरु
अ अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु गरेको छ ।

निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरु भएको हो । निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भएपनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।

बिहीवार अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको शुरुवात गरिएको बताउनु भयो । उहाँले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताउनु भयो । उहाँले दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने जानकारी दिनुभयो ।

प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताउनु भयो । उहाँले निगमले करिव ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको बताउनु भयो । उहाँले निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताउनु भयो ।

उहाँले निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको बताउनु भयो । उहाँले भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ वचत हुने बताउनु भयो । उहाँले अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भएको बताउनु भयो । उहाँले दोस्रो चरणको भर्टिकल ट्यांकहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताउनु भयो ।

प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताउनु भयो । उहाँले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण समेत हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मोतिहारी अमलेखगञ्ज मल्टिप्रोजेक्ट पाइपलाइन हो । यसबाट पेट्रोल,डिजेल र मट्टितेल तीनवटै ल्याउन मिल्छ । पहिलो चरणमा निगमले पेट्रोल र मट्टितेल भण्डार र ल्याप बनाउन सकिएको थिएन । त्यसैले पाइपलाइनबाट डिजेल मात्रै आयात गरियो । पाइपलाइनबाट डिजेल तीन वर्ष आयात गरियो । पाइपलाइनबाट डिजेल आयात गर्ने एक दिन पनि अवरोध भएन । २४ घण्टा समेत सञ्चालनमा आयो ।’

‘पाइपलाइनबाट डिजेल आयात गर्दा निगमको टेक्नीकल लागतलाई शुन्यमा झा¥यो । डिजेल आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्च वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भयो । पहिलो चरणमा केही काम बाँकी थियो । अहिले निगमले बाँकी रहेको काम दोस्रो चरणमा पेट्रोलको एउटा ट्यांकी,ट्रान्समिक्स ट्यांक र अटोमेसन लोडिङ वेबको निर्माणका लागि गत डिसेम्बर १५ तरिका दिन शिल्यान्यास भएर काम शुरु भएको छ । अहिले मेकानिकल र ठेकेदार कम्पनीले निर्माण कार्य शुरु गरिसकेको छ ।’

‘सन् २०२३ को डिसेम्बरसम्म निर्माण कार्य सम्पन्न हुन्छ । सन् २०२४ को जनवरी देखि पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउनेछौं । डिजेल र पेट्रोल दुवै पाइपलाइनबाट आयात गर्दा निगमको मासिक रुपमा ढुवानी भाडा र टेक्नीकल लस गरे १५ करोड रुपैयाँ वचत हुन्छ । अहिले १९ हजार ८ सय किलो लिटर डिजल रहेको छ । ३४ सय किलोलिटर पेट्रोलको रहेको छ भने सबै निर्माण कार्य सम्पन्न भएपछि ४१ हजार ८ सय किलोलिटर डिजेलको भण्डार क्षमता हुन्छ ।’


उहाँले आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने बताउनु भयो । उहाँले अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शुन्य हुने बताउनु भयो । उहाँले यसबाट प्राविधिक नोक्शानी शुन्य हुने, ढुवान भाडा वचत हुने तथा वातावरणीय प्रदुषण कम गर्न समेत सहयोग पुग्ने बताउनु भयो ।

उहाँले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपैयाँ वचत हुने अनुमान रहेको बताउनु भयो । उहाँले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा ७ सय ट्यांकर आवाजावत हुने बताउनु भयो । उहाँले दोस्रो चरणको निर्माण कार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम अटोमेटिक रुपमा हुने बताउनु भयो । उहाँले पाइपलाइनको ४२ प्रतिशत प्रयोग भएपनि दोस्रो चरणको निर्माण कार्यसम्पन्न हुँदा पूर्णरुपमा प्रयोग हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मेनुअल रुपमा ट्यांकरमा पेट्रोल,डिजेल भर्दा तेल पोखिने र तेल पोखिँदा आगो लागि जस्ता समस्या हुनसक्ने भएकाले अटोमेटिक मेसिनमार्फत ट्यांकरहरुमा तेल भर्दा बढी वा घटी नहुने हुन्छ । तेल भर्दा समयको पनि व्यवस्थापन हुने हुन्छ । सुरक्षाको हिसावले अटोमेटिक ल्याबको आवश्यकता हुन्छ । अमलेखगञ्जमा डिपोमा अहिले बिक्री कम भएको छ । अहिले यो डिपोमा ५ सय ट्यांकरको आवाजजावत हुने गरेको थियो ।’

‘पेट्रोल समेत पाइपलाइनबाट आए पश्चात यो डिपोमा ७ सय ट्यांकरहरु आवातजावत हुन्छन् । निगमले तीन वर्षसम्म पाइपलाइन बनाएर पनि पूर्ण रुपमा प्रयोग गर्न सकेनौं । अहिले ४२ प्रतिशत मात्रै प्रयोग भएको छ । डिजेट,पेट्रोल दुबै पाइपलाइनबाट ल्याउँदा पाइपलाइनको पूर्ण प्रयोग र ट्यांकरहरुको आवतजावत बढ्नेछ । निगमले अब अमखगञ्जदेखि चितवनसम्म पेट्रोलिय पदार्थको पाइपलाइन बिस्तारको योजना रहेको छ । पाइपलाइन अध्ययनको लागि बजेट समेत छुट्याइएको छ । अर्को सिल्गुढीदेखि झापासम्म ३५ किलोमिटरको पाइपलाइन बिस्तारको योजना रहेको छ । अर्को भारतको मोतीहारीबाट सर्लाहीसम्मको ग्यास पाइपलाइन बिस्तार गर्ने योजना रहेको छ ।’

निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रा.लि. ले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप ५÷५ हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारी समेत शुरु गरिएको छ । सम्पन्न भएपश्चात मात्रै ५ दिनको माग धान्नसक्ने डिजेल र ७ दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ ।