• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष

लोक गायक भीम पौडेलको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको हो ।

‘लोक तथा दोहोरी गायक भीम पौडेलको अल्पायूमै भएको दुखद निधनप्रति गहिरो दुखसहित श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’ उहाँले लेख्नुभएको छ ।

केही समयदेखि बिरामी रहेका गायक पौडेलको आफ्नै घर स्यङ्जामा निधन भएको थियो । पौडेलको शव पोखरा लगिने तयारी गरिएको छ ।