३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल विस्तार गरेका छन् । आइतबार विश्वासको मत लिएका उनले भोलिपल्टै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गरेका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका छन् । दुवैजना यसअघि अधिकारी पहिलोपटक मुख्यमन्त्री बन्दा पनि मन्त्री बनेका थिए ।

गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री अघिकारीले यसअघि नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमानलाई अर्थमन्त्री र राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरिसकेका छन् ।