१८ भाद्र २०८३, बिहीबार
,
Latest
पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल विस्तार गरेका छन् । आइतबार विश्वासको मत लिएका उनले भोलिपल्टै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गरेका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका छन् । दुवैजना यसअघि अधिकारी पहिलोपटक मुख्यमन्त्री बन्दा पनि मन्त्री बनेका थिए ।

गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री अघिकारीले यसअघि नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमानलाई अर्थमन्त्री र राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरिसकेका छन् ।