• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता नभएको प्रस्ट पारेको छ ।

जसपा विभाजनपछि नेकपा एस पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेको बेलामा त्यसविरुद्ध चलाइएका भ्रमको पछि नलाग्न सो पार्टीले आग्रह समेत गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा माधव कुमार नेपालको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले यस्तो आग्रह गरेको हो ।

यस्तै, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, संघीय संसदको आगामी अधिवेशनमा खेल्नु पर्ने भूमिका लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने, संसदको आगामी अधिवेशनमा जनसरोकारका विषयहरु सशक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय पनि गरेको छ ।