१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विभिन्न समस्याहरुको समाधान गर्न उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित जनताका विभिन्न समस्या र गुनासोहरुलाई सम्बोधन गर्न मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले खाडी मुलुकमा नेपालीहरुको पारिश्रमिक अन्य देशका नागरिकको तुलनामा असमान भएको भन्दै ध्यानाकर्षण गराउनु भयो । उहाँले सो समस्यालाई नेपालले परराष्ट्र मन्त्रालयमार्फत समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालीहरुले खाडी मुलुकमा उही काम गर्दा नेपालीहरुले गर्दा २ हजार पाइरहेको छ । अन्य भारतीयले गर्दा ३ हजार, बंगलादेशीहरुले गरिररहेको छ भने अर्को । यो विभेद किन ? हुन त यो श्रम, रोजगारको समस्या हो तर यसको समाधान परराष्ट्रको मार्फत्बाट नै हुनेछ । यसमा के कति पहल भएको छ ?’

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले कुटनीतिक आचारसंहिताको प्रभावकारी कार्यान्वयन किन हुन सकेन भनेर प्रश्न गर्नुभयो । उहाँले हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको उद्धारका लागि के पहल भइरहेको छ भनेर पनि प्रश्न गर्नुभयो । उहाँले नेपाल भारतबिचको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कुटनीतिक आचारसंहिताको प्रभावकारी कार्यान्वयन किन गर्न सकिएन ? राजदुत नियुक्तिको मापदण्ड बारे स्पष्ट पार्नुहोला । विपिन जोशीको उद्धारका लागि के पहल भइरहेको छ ? नेपाल भारतबिच सीमा समस्या लगायत असमान सन्धि, सम्झौताहरु विद्यमान छन् । यिनीहरुलाई समाधान गरेर दुई देशबिचको सम्बन्धलाई राम्रो बनाउने सवालमा जे कुरा राख्नुभयो ठिक छ । ईपिजी प्रतिवेदन बुझ्न के पहल भइरहेको छ ? कसले उदासिनता देखाएको हो ?’

राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले चीन सरकार नेपालसँग विश्वस्त नभएको धारणा राख्नुभयो । उहाँले नेपालको एक चीन नीति हुनेमा चिनको चासो रहेको भन्दै नेपालको उच्चस्तरिय भेटवार्ताको क्रममा चिनले आशंका व्यक्त गर्ने गरेको बताउनु भयो । उहाँले चिनलाई विश्वस्त बनाउन के गरिरहेका छौँ भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘चीनका उच्च पदस्थ व्यक्तिहरुसँग नेपालको राजनीतिक भेटवार्ता हुँदा के बुझिन्छ भने एक चीन नीतिप्रति नेपालको चासोमा बढी केन्द्रित छ । अरु चिजहरुमा पनि उहाँहरुको इन्ट्रेष्ट छ, तर नेपालप्रति त्यति विश्वस्त नभएको हो कि भन्ने बुझियो । हामीले चिनलाई विश्वस्त बनाउन के–के गरिहेका छौँ ?’

राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्कीले नेपाली युवाहरु युरोप गएर रोजगारी गरिरहेपनि त्यहाँ जान कानूनी जटिलताहरु रहेका भन्दै सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले युरोप भिसा सेन्टर नेपालमा स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली युवाहरुको युरोप जाने ठुलो लहर छ । अवैधानिक रुपमा मान्छेहरु युरोपमा पुगेका छन् । त्यहाँ गएर नोकरी गरिरहेका छन् । त्यहाँ जाने सहज वातावरण छैन । कानूनी जटिलताहरु छन् । श्रमिकको डिमाण्ड छ, मान्छेहरु विभिन्न बाटोबाट त्यहाँ पुगिपनि राखेका छन् । तर अवैधानिक रुपमा गएका छन् । यसका लागि सहज वातावरण बनाउन सकिन्छ ? त्यसमा ध्यान जाओस् । भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो कुटनीतिक क्षेत्रमा कमजोर छ भन्ने देखियो । युरोप भिसा सेन्टर नेपालमा छैन । भारत जानुपर्छ । त्यो भिसा सेन्टर नेपालमा राख्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले देशको नीति पार्टीमुखि र नेतामुखि बन्ने गरेको भन्दै कुटनीतिक मूल्य, मान्यता र अन्तर्राष्ट्रिय परम्पराको बारम्बार उल्लंघन हुने गरेको बताउनु भयो । उहाँले भारतसँगको सीमा समस्या कहिले समाधान हुन्छ भनि प्रश्न समेत गर्नुभयो । उहाँले विदेशमा नेपाली दुतावासको संख्या बढाउनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो नीतिहरुलाई पार्टीमुखि र नेतामुखि बनाउँदै जाने जस्तो कमजोर गरिरहेका छौँ । बारम्बार कुटनीतिक मल्य, मान्यता र अन्तर्राष्ट्रिय परम्पराको उल्लंघन गरिरहेका छौँ । यो कुरामा परराष्ट्रमन्त्रीको गम्भीर ध्यान जाओस् । भारतसँगको हाम्रो देशको लिपुलेक, कालापानी, सुस्ता लगायतको सीमा समस्या र विवाद समाधान कहिले समाधान हुन्छ ? त्यसको लागि सरकार के पहल गरिरहेको छ ? राजदुतावासको संख्या किन बढाउन सक्दैनौँ ?’

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नेपाल भारतसँग भएको सन्धी, सम्झौताहरुको पुनरावलोकन गर्नुपर्ने बताउनु भयो । उहाँले सुस्ताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो केही सन्धी, सम्झौताहरु पुनरावलोकन गर्नुपर्छ की ? हामीले टनकपुरको समस्यापनि उस्तै देख्छौँ । बर्खा लागेसी खोलिन्छ, नेपालका भू–भागहरु डुब्छन् । हिउँद लागेसि थुनिन्छ । कोशी ब्यारेजको त्यस्तै छ । सुस्ता सधैँभर एक्लै भयो । न भारतसँग, न नेपालसँग जोडियो । उनीहरुलाई एकातिर जोड्नुपर्‍यो । सुस्तालाई यत्तिकै छोड्नु हुँदैन भन्ने मेरो मान्यता छ । यसमा हामीले थप पहल गर्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले विदेशमा रहेका नेपाली कामदारहरुको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले अन्य राष्ट्रप्रति धेरै आश्रित हुनु नहुने भन्दै नेपाली कामदारहरुलाई स्वदेश फर्काएर रोजगारी दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘खाडीमा रहेका नेपालीहरुको सुरक्षा, सम्मान र स्वार्थको रक्षा गर्नु नेपालको जिम्मेवारी हो । कर्तव्य हो । नेपाली कामदारहरु असुरक्षित रहेको कुरा आएको छ । विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउनुपर्छ । परराष्ट्र नीति गहन भएर बनाउनुपर्छ । अन्य राष्ट्रप्रति आश्रित हुनु नहुने ।’

राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायाले नेपालका आन्तरिक विमानस्थलहरु व्यस्त हुने नीति निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले पोर्चुगलमा छिटोभन्दा छिटो नेपाली दुतावास खोल्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशको परराष्ट्र नीतिमा राष्ट्रिय एकता कायम हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालका आन्तरिक विमानस्थलहरु व्यस्त हुने नीति कसरी निर्माण गर्न सक्छौँ ? यतातर्फ ध्यानाकर्षण गराए । पोर्चुगलमा राजदुतावास खोल्न नेपालीहरुको माग छ । सरकारले निर्णय गरेको छ । छिटो कार्यान्वयनमा आओस् । नयाँ सरकार बन्दा विदेश नीतिलाई कायम राख्नुपर्छ । विदेश नीतिमा राष्ट्रिय सहमती कायम गरेर नै जानुपर्छ ।’

राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की आछामीले सेवा निवृत्त कर्मचारी र राजनीतिक दलका बुढापाका नेताहरुलाई राजदुत बनाउँदाखेरी त्यसबाट राम्रो प्रतिफल आउन नसकेको बताउनुभयो । उहाँले राजदुतहरुलाई सरकारले काम दिन सक्नुपर्ने र सो काम उनीहरुले पूरा गरे/नगरेको मूल्यांकन हुनुपर्ने बताउनु भयो । उहाँले राजदुतले वैदेशिक लगानी भित्राउन सक्यो/सकेन, कुटनीतिक समस्या समाधान गर्‍यो/गरेन भन्ने कसिमा पनि उसको काम हेर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राजदुतमा रिटायर्डहरु जाने । अर्को, राजनीतिक दलका पनि बुढापाकाहरु जाने । गएर बिसुद्ध जागिर मात्रै खाएर एउटा प्रोफाइल बनाएर आउने भन्दाखेरी त्यसले राष्ट्रलाई फाइदा भएको छ जस्तो मलाई लाग्दैन । एउटा टास्क त उहाँहरुलाई दिनुपर्‍यो । वैदेशिक लगानी उनीहरुले कति भित्राउने हो ? त्यो वातावरण उनीहरुले बनाउँछ कि बनाउँदैनन् ? अरु कुटनीतिक क्षेत्रमा भएका समस्याहरुको समाधानको लागि उसले कसरी भुमिका खेलिरहेको छ भन्ने विषयमा नेपाल सरकारले अब एउटा टास्क दिनुपर्छ ।’

परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रिय सभा सदस्यहरुले गराएको ध्यानाकर्षणलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै आवश्यक काम, कारबाहीहरु अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।