२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday
Latest
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धानका लागि यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ सिंगापुर लगिँदै



अ+ अ-

काठमाडौँ । चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जाने गरी दुर्घटना भएको यती एयरलाइन्सको ब्ल्याक बक्स अनुसन्धानका लागि शुक्रबार सिंगापुर लगिँदैछ । दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सलाई सिंगापुर लान लागिएको हो ।

दुर्घटना जाँच आयोगका अनुसार सिंगापुरमा त्यहाँको यातायात सुरक्षा अनुसन्धान ब्यूरोमा विज्ञहरुको सहयोगमा ब्ल्याक बक्सको डाटा रेकर्डर र ककपिट रेकर्डरको अध्ययन गरी दुर्घटनाको कारण पत्ता लगाइने छ ।

यद्यपि ब्ल्याक बक्सको अनुसन्धान कहिले सकिन्छ भन्ने अहिले नै किटान गर्न नसकिने बताइएको छ ।