• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

दाबीहरू अस्वीकार गर्दै सेभेन थ्री स्पोर्ट्सले भन्यो – फिक्सिङमा संग्लग्न छैनौँ



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको लागि व्यवसायीक र रणनीतिक साझेदार बनाएको कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’ले म्याच फिक्सिङमा आफुहरु संग्लग्न नभएको दाबी गरेको छ ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले बिहीबार एक विज्ञप्ति निकाल्दै विभिन्न मिडियामा फिक्सिङमा कम्पनीको नाम जोडिएर आएको समाचार सत्य नभएको उल्लेख गरेको छ । साथै, म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते भएको समेत दाबी गरेको छ ।

सेभेन थ्री स्पोर्ट्सले दाबीहरू अस्वीकार गरेपनि सीआईबीको अनुसन्धानमा प्रोत्साहन र सहयोग गर्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ–, ‘म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते छ । प्रकाशित विभिन्न समाचारको जवाफमा सेभेन थ्री स्पोर्ट्सले यसलाई रेकर्डमा राख्न चाहन्छ। सेभेन स्पोर्ट्सले सबै दाबीहरूलाई कडा रूपमा अस्वीकार गर्दछ।’

मंगलवार पत्रकार सम्मेलन गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–२० लिगको स्पट फिक्सिङमा चार सहभागि टोलीको व्यवस्थापकसहित १० जना संलग्न रहेको जानकारी दिएको थियो । जसअन्तर्गत, सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई  पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

हिजो वुधवार मात्रै राष्ट्रिय खेलकुद परिषद राखेपद्धारा नेपाल टी ट्वान्टी लिगको छानविन गर्न गठित कार्यदलले प्रक्रिया पुरा नगरि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको भन्दै तत्काल खारेज गर्न ४६ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।

क्यानले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको छ ।