११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको टिप्पणी गर्नुभएको छ ।

सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको भएको हो । ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा, हुहु गर्नेहरुले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पार्नुभयो । त्यागको अवमूल्यन र अपमान गर्ने भुई फुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भएपनि धेरै टिक्न नसक्ने बताउनु भयो । उहाँले त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरुको देश र जनताप्रतिको समर्पणप्रति सम्मानभाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तार्लाइ सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहा हुहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ । हाहा हुहु गरेको भरमा मन्त्री पनि ताल पर्दा बहुमत कसैको पनि छैन । यसलाई मिलाउ, त्यसलाई मिलाउ भन्दा को मन्त्री पर्छ, को पर्दैन ? यस्तो बेलामा यी त्यागका, कठिनाईका दिनहरुको नयाँ पुस्तासम्म कसले पु¥याउने । अहिले त फेरी एउटा प्रवृत्ति चलेको छ । पुरानो त्यागको अवमूल्यन मात्रै होइन, त्यसलाई अपमान गर्ने एउटा भुई फुटटा भएका छन ।

मन्दिर भत्काउन खोज्ने, त्याग, बलिदानहरुको अपमान गर्न खोज्ने, योगदानको अवमूल्यन गर्न खोज्ने, नकार्न खोज्ने, त्यसको केही अर्थ थियो परिवर्तनमा भन्ने कुरा बिर्सिन खोज्ने त्यो प्रवृत्ति । यद्यपि त्यस्तो प्रवृत्ति क्षणिक हो । आन्दोलनमा, देशमा विभिन्न प्रकारका प्रवृत्तिहरु प्रकट भईरहन्छन । समय समयमा विभिन्न प्रवृत्तिहरु प्रकट हुन्छन् । हाम्रो पनि प्रकट भएका छन् विभिन्न समयमा विभिन्न प्रवृत्तिहरु ।

हामी विभिन्न खालको आवधिक हावाहुरीले ल्याउने प्रवृत्तिहरु, असन्तुष्टिले जन्माउने प्रवृत्तिहरु यस्ताबाट प्रभावित नभईकन आफ्ना महान उद्देश्यतर्फ, गन्तव्यतर्फ दृढताका साथ अविचलित ढंगले र सक्रियतापूर्वक अगाडि बढछौं । हाम्रो तरिका त्यो हो । हाम्रो शैली त्यो हो, हाम्रो बाटो त्यो हो । यस कुरामा निम्ति हावाहुरीका सृजना गरेका अस्थायी विभिन्न किसिमका झट्काहरु या आवधिक अस्थायी प्रवृत्तिहरु, जो जिम्मेवार छैन । जो एकलकाटे छ । त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न र ईतिहासविना छोटै अवधि छ स्थापना भएको भने पनि त्यसको एउटा इतिहास बनिसकेको हुन्छ । ’

अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रुपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो ।