१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ बालबालिकालाई पोसाक र शैक्षिक सामग्री



अ+ अ-

डुम्रे । रोटरी क्लव अफ दमौलीले तनहुँको व्यास नगरपालिका-११ का चेपाङ बस्तीका बालबालिकालाई विभिन्न सामग्री प्रदान गरेको छ । क्लवले आर्थिक अभावमा गुज्रिएका व्यास नगरपालिका-११ स्थित राम्चे र भानु नगरपालिका(६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सामग्री प्रदान गरेको हो ।

राम्चेस्थित सूर्योदय प्राथमिक विद्यालयका ३२ र मान्द्रेस्थित कालिका प्राथमिक विद्यालयका ३९ विद्यार्थीलाई सहयोग गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो । क्लवका पूर्वअध्यक्ष रजिनलाल श्रेष्ठले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई ट्र्याक सुट, कापी, कलम, ब्रस, मञ्जन, साबुनलगायतका सामग्री प्रदान गरिएको हो ।

बालबालिका शैक्षिक अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले बताउनुभयो । उहाँका अनुसार रोटरी क्लबमा आवद्ध सदस्यले आफ्नो केही खर्च कटाएर बालबालिकाको पठनपाठनमा योगदान गरिएको हो ।

“यो धनभन्दा पनि मन ठूलो भएकाहरुको संस्था हो, हामी दुःख, अभाव र पीडामा मलहम लगाउन एकीकृत भएका हौँ”, उहाँले भन्नुभयो । गाँस, बाँस र आवासकै लागि सङ्घर्ष गरिरहेका चेपाङ जातिको अवस्था सुधारका निम्ति रोटरीले स्थानीय सरकारसँग समन्वय गरी निरन्तर पहल गर्ने योजनासमेत बनाएको छ । रासस