२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ बालबालिकालाई पोसाक र शैक्षिक सामग्री



अ+ अ-

डुम्रे । रोटरी क्लव अफ दमौलीले तनहुँको व्यास नगरपालिका-११ का चेपाङ बस्तीका बालबालिकालाई विभिन्न सामग्री प्रदान गरेको छ । क्लवले आर्थिक अभावमा गुज्रिएका व्यास नगरपालिका-११ स्थित राम्चे र भानु नगरपालिका(६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सामग्री प्रदान गरेको हो ।

राम्चेस्थित सूर्योदय प्राथमिक विद्यालयका ३२ र मान्द्रेस्थित कालिका प्राथमिक विद्यालयका ३९ विद्यार्थीलाई सहयोग गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो । क्लवका पूर्वअध्यक्ष रजिनलाल श्रेष्ठले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई ट्र्याक सुट, कापी, कलम, ब्रस, मञ्जन, साबुनलगायतका सामग्री प्रदान गरिएको हो ।

बालबालिका शैक्षिक अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले बताउनुभयो । उहाँका अनुसार रोटरी क्लबमा आवद्ध सदस्यले आफ्नो केही खर्च कटाएर बालबालिकाको पठनपाठनमा योगदान गरिएको हो ।

“यो धनभन्दा पनि मन ठूलो भएकाहरुको संस्था हो, हामी दुःख, अभाव र पीडामा मलहम लगाउन एकीकृत भएका हौँ”, उहाँले भन्नुभयो । गाँस, बाँस र आवासकै लागि सङ्घर्ष गरिरहेका चेपाङ जातिको अवस्था सुधारका निम्ति रोटरीले स्थानीय सरकारसँग समन्वय गरी निरन्तर पहल गर्ने योजनासमेत बनाएको छ । रासस