१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी बारे सत्ता गठबन्धनको ‘निर्णायक’ भनिएको छलफल सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं I एमसीसीबारे सत्ता साझेदार ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको  निर्णायक भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बिहिबार पनि दलहरु बीच छलफल भएपनि कुनै सहमति नभएपछि फेरी आजपनि दलहरु छलफलमा जुटेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवा आज भोली नै एमसीसी  संसदमा टेबल हुनु पर्नै अडानमा हुनुहुन्छ ।

तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ भने एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल  नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका  अध्यक्ष उपेन्द्र यादव बीच  छलफल गरेर बालुवाटार पुगेका हुन् ।