• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी ★   १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर ★   चोयामा सीप भरेर आत्मनिर्भर बनेकी घोराहीका ढाटु चौधरी ★   अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी ★   सडक विभागले टाल्यो न्यूरोडको सडक ★   निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त

गण्डकी प्रदेश: माओवादीबाट मन्त्री बन्नेको टुङ्गो



गण्डकी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिनुभयो ।

माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर्याएपछि माओवादीले दुई मन्त्री पाउँदैछ । जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित हुनुभएको थियो ।

उनान्चालीस वर्षीय उहाँ माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजकसमेत हुनुहुन्छ । मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । जुज्जाली सहिद परिवारको सदस्य हुनुहुन्छ ।
पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि कुन मन्त्रालय पाउने भन्ने अझै टुङ्गो नलागेको माओवादी केन्द्रले जनाएको छ । सो पार्टीबाट सुशीला सिम्खडा र माओवादीको चिह्नबाट गोरखामा चुनाव जित्नुभएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा पनि मन्त्रीका लागि आकाङ्क्षी देखिनुभएको थियो ।

सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउने बताउनुभयो । “कुन मन्त्रालय कसले पाउने भन्ने विषय अझै छलफलमै छ, अब जतिसक्दो चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ”, उहाँले भन्नुभयो । गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

बिनाविभागीय मन्त्रीको हैसियतामा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा ९एमाले०बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहनुभएको छ । एमालेले थप दुई मन्त्री सरकारमा पठाउनेछ । मन्त्रालय घटाउने निर्णयसँगै एमाले र माओवादीका गरी अब तीन मन्त्रीमात्र नियुक्त हुनुहुनेछ ।