• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै

समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन



काठमाडौँ । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

सम्बन्धित मन्त्रालय र मातहतका निकायहरुसँग गहन छलफल गरी समयमा विद्यालयहरुले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘सम्बन्धित निकायसँग गहन छलफल गरियो । र, आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्नका लागि हामीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय शिशिर खनालज्यू, मन्त्रालय र सम्वद्ध निकायलाई निर्देशन जारी गरेका छौं ।’

बैठकमा विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिक सत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले गत वर्ष कक्षा १० को श्वास्थ्य, जनसंख्या र वातावरण तथा कक्षा ८ को नैतिक शिक्षा असोजसम्म पनि नपाएको उल्लेख गर्दै अव त्यस्तो नहोस भन्ने कुरामा सम्बन्धित निकायलाई ध्यान दिनुपर्ने बताउनु भयो ।

प्राधानाध्यापक कँडेलले कागजको अभाव देखाएर आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तकको समयमै उपलब्धता गराउन नसक्ने अवस्थाको तत्काल अन्त्य हुने गरी कागज खरिदका लागि जिटुजी विधि अपनाउँदा उपयुक्त हुने सुझाव समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘यस पाली चाँही २०८० को शैक्षिक सत्रमा चाँही सुरुमै विद्यार्थीको हातमा पर्छ कि भनेर आशा गरौैं । र, नत्र यो बहाना बन्छ । २०७२/०७३ मा भूकम्पको बहाना बनाइयो । त्यसपछि २०७६ र २०७७ मा कोभिडलाई दोष दिइयो ।’

‘२०७८ मा आएपछि मत पत्र छपाई भनियो । अहिले कागजको बहाना बनाइएको छ । यसलाई फाष्ट ट्रयाक विधिबाट जिटुजी विधिबाट सार्वजनिक खरिद ऐनलाई पनि सहज बनाएर यो काम गर्नु पर्दछ । अर्को काठमाडौंमै गत वर्ष असोज मसान्तसम्म पनि विश्व निकेतन माध्यामिक विद्यालयमा कक्षा १० को स्वास्थ्य तथा जनसंख्या र वातावरण, कक्षा ८ को नैतिक शिक्षा पाउन सकिएन । बाहिरका अन्य ठाउँहरुका झन कस्तो होला । अहिलेचाँही पाउने गरी के हुन सक्दछ, स्पष्ट योजना बनाइयोस भनेर अनुरोध गर्दछु ।’

यता, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरुलाई उपलब्ध गराउने गरी आफूहरुले काम गरिरहेको बताउनु भयो । उहाँले त्यसका लागि कागजको समेत अभाव नहुने गरी व्यवस्थापन भईरहेको समितिलाई जानकारी दिनु भयो । प्रबन्ध निर्देशक झाले भन्नु भयो, ‘निरन्तर रुपमा कागजको आपूर्ति भईरहेको छ । छपाई मेसिन पनि थपिएको छ । अव छपाई क्षमतामा पनि समस्या छैन । म्यान पावरमा पनि समस्या छैन । समय कम भएकाले सबै कर्मचारीहरुले मिलेर काम गरिरहेका छौं ।’

जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईका लागि थप मेसिनहरुको पनि व्यवस्था गरिएको जनाएको छ ।