२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी२० लिगः स्पट फिक्सिङ गरेको आरोपमा थप एक जना पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा थप एक जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको बताएको छ ।

तीमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ परिसकेका छन् । यस्तै, थप एक जनालाई पनि पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । यद्यपि, उनको नाम खुलेको छैन ।

प्रहरी उपरिक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानबिन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।

यो पनिः टि–२० लिग स्पट फिक्सिङः कहाँबाट पक्राउ परे पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलम ?

क्रिकेट स्पट फिक्सिङ प्रकरणः आदिल अन्सारी र मेहबुब आलम पक्राउ