काठमाडौँ । नेपालको टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा दुई क्रिकेट खेलाडी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को टोलीले राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं अलराउन्डर आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेट खेलाडी मेहबुब आलमलाई पक्राउ गरेको हो ।
उनीहरुले क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको बताईएको छ ।