३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतमा कोभिड महामारीको तेस्रो लहर ‘अवश्यम्भावी’ भएको वरिष्ठ चिकित्सकहरूको चेतावनी

भारतमा कोभिड महामारीको तेस्रो लहर ‘अवश्यम्भावी’ भएको वरिष्ठ चिकित्सकहरूको चेतावनी
अ+ अ-

एजेन्सी । भारतभरि यात्रासम्बन्धी प्रतिबन्ध खुकुलो हुँदै गएको अवस्थामा भारतीय चिकित्सकहरूको संस्थाले कोभिड महामारीको तेस्रो लहर 'अवश्यम्भावी' रहेको चेतावनी दिएका छन्।

केही समययता भारतका प्रख्यात पर्यटकीय गन्तव्यहरूमा पहिलाको जस्तै मानिसहरूको घुइँचो लाग्न थालेको देखिने तस्बिर र भिडिओहरू भाइरल भएका छन्। ती भिडिओमा सार्वजनिक स्थलमा उनीहरूले मास्क लगाएको वा सामाजिक दूरी कायम गरेको देखिँदैन।

भारतमा गत मे महिनामा कोरोनाभाइरस महामारी उत्कर्षमा पुगेको बेला प्रतिदिन ४००,००० सङ्क्रमितहरू थपिने गरेका थिए। तर अहिले दैनिक पुष्टि हुने सङ्क्रमतिको सङ्ख्या घटेर ४०,००० भन्दा केही बढी भएको देखिन्छ।

राज्य सरकारहरूले लागु गरेको कडा प्रतिबन्धात्मक व्यवस्थाका कारण सङ्क्रमण फैलिने क्रम घटेको थियो। तर अहिले प्रतिबन्धहरू खुकुलो पारिएको छ।

भारतमा खोप लगाउन योग्यमध्ये ६ प्रतिशतले मात्रै दुवै मात्रा लगाएको र झन्डै २२ प्रतिशतले एक मात्रा लगाएको अवस्थामा सङ्क्रमितहरूको सङ्ख्यामा केही कमी देखिएको भए पनि कोरोनाभाइरसको तेस्रो लहरको जोखिममा हुन सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

भारतीय चिकित्सकहरूको प्रतिनिधित्व गर्ने संस्था इन्डियन मेडिकल एसोसिएसनले (आईएमए) 'सरकार र सर्वसाधारणले दुवै निर्धक्क भएर कोभिड प्रोटोकलको पालना नगरी भिडभाड गरिरहेको देखिनु दुःखद रहेको' टिप्पणी गरकेो छ।

पर्यटकीय चहलपहल, तीर्थयात्रा, धार्मिक गतिविधि सबै आवश्यक भए पनि तिनका केही महिना कुर्न उपयुक्त हुने आईएमएले जनाएको छ।

कोभिडको दोस्रो लहरबाट मुक्त हुँदै गर्दा भारतका कैयौँ राज्यमा पर्यटक र धार्मिक कार्यक्रमहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन्। तर विज्ञहरू भने त्यसको परिणामबारे चिन्तित छन्।

गत एप्रिल महिनामा भारतको हरिद्वारमा लाखौँ मानिसहरू कुम्भमेलामा सहभागी हुन भेला भएका थिए। कैयौँ सहरमा अक्सिजन र अस्पताल शय्याको अभाव देखिएका बेला उक्त कार्यक्रम अघि बढाइएको थियो।

कुम्भ मेलामा सहभागी भएर आएका कैयौँ मानिसहरू कोभिड पुष्टि भएको थियो। अहिले भारतको उत्तर प्रदेश राज्यका निकायहरू जुलाई २५ तारिखबाट काँवरिया यात्रा आयोजना गर्ने तयारीमा छन्।

भारतमा प्रतिदिन ४० लाखले खोप लगाइरहेका छन्। तर यो वर्षको अन्त्यसम्ममा १८ वर्षमाथिका सबैलाई खोप लगाइसक्ने उसको लक्ष्य पूरा गर्न दैनिक ८० देखि ९० लाख खोप लगाइनुपर्ने हुन्छ।