• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   काफल बेचेर मनग्य आम्दानी ★   काठमाडौं–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न ★   आफूखुसी औषधि सेवन घातक ★   १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह ★   पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित ★   दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु ★   संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे ★   जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन ★   चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक ★   राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छः रक्षामन्त्री उप्रेती

पर्सा–काठमाडौँ जिल्ला सम्पर्क समिति गठन



काठमाडौँ । पर्सा जिल्लाबाट काठमाडौँमा उच्च शिक्षा हासिल गर्न गएका विद्यार्थीहरुले पर्सा जिल्ला सम्पर्क समिती गठन गरेका छन् ।

शनिबार नेपाल ल क्याम्पसको सभाहलमा बिए.एल.एल.बि. का विद्यार्थी सुदिप साहको अध्यक्षतामा ३१ सदस्यीय सम्पर्क समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा आकाश चौरसिया, संदेश कुमार गुप्ता, किशोरी प्रसाद यादव चयन भएका छन् भने सचिवमा सरोज पटेल र रियाज आलम चयन भएका छन् । यस्तै, सह–सचिवमा अफजल हैदर, संदीप साह लगायत चुनिए ।

नेपाली कांग्रेसका युवा नेता राकेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेवि संघ पर्साका अध्यक्ष इ.रमेश यादव, पर्सा मिलन केन्द्र काठमाडौंका सदस्य मो. औरन्जेब, जितेन्द्र चौधरी, नेवि संघका केन्द्रिय प्रतिनिधि तिर्थ मिश्रा, नेवि संघ पर्साका पुर्व उपाध्यक्ष शाबिर अन्सारी, नेता वाल्मीकि यादव साथै पर्सा जिल्लाको काठमाडौमा विभिन्न क्लेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।