२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर बारको अध्यक्षमा श्रेष्ठ विजयी



अ+ अ-

काठमाडौँ । ललितपुर बार एशोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेशागत कानून समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी भएका छन् ।

विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गरे भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले एक सय ७० मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिए ।

उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी भए ।

महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित भए भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी भएका छन् ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भई ४ बजे सम्पन्न भएको थियो । कूल आठ सय १२ मतदाता रहेकोमा छ सय मत खसेको थियो । १५ सदस्यीय कार्यसमितिकोे अवधि दुई वर्षको हुनेछ । रासस