२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं: मुख्यमन्त्री जम्मकट्टेल



फाईल फोटो
अ+ अ-

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।

उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक पालिका, एक क्षेत्रको पकेट बनाउने गरी योजना ल्याउन लागेका छौँ ।”

कृषि क्षेत्रले आफ्नो स्थान बनाएर आर्थिक गतिविधिलाई अघि बढाउने गरी कार्यक्रमको तयारी गरिएको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । चितवनसहितका छ जिल्लामा बीउ उत्पादनका लागि कार्यक्रम ल्याइने उहाँको भनाइ थियो । अहिलेको व्यापार घाटा घटाउने विषय चुनौतीको विषय रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले उत्पादनमुखी उद्योगमा जोड दिनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जिल्लाको आर्थिक, सामाजिक रुपान्तरणमा महोत्सव कोसेढुङ्गा सावित बन्ने बताउनुभयो । यही माघ १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा दुई सय ५० कक्ष छन् ।

बागमती प्रदेशसभा सदस्य उत्तम जोशी र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले अहिलेको व्यापार घाटा रोक्न सरकारले काम गर्नुपर्ने बताउनुभयो । व्यापार घाटाका कारण व्यवसाय क्षेत्रमा देखिएने समस्या बढ्दै गएको उहाँहरुले बताउनुभयो । रासस