२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा



अ+ अ-

काठमाडौँ । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की बुधबार सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गर्नुभएको थियो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत मङ्सिर २८ गतेदेखि निवास छाडेको भए पनि मर्मतसम्भारको काम भएका कारण कार्की सरकारी निवासमा बुधबार सर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि पनि उहाँ सरकारी निवासमै हुनुहुन्थ्यो । उहाँको अनिवार्य अवकाश भएपछि उक्त भवन खाली भएको थियो । रासस