२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ श्रृंखला लिएर नेपथ्य अष्ट्रेलिया तर्फ



अ+ अ-

काठमाडौं । माघ ४, २०७९ र जनवरी १८, २०२३ लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ । यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलावद्ध प्रस्तुती सहित अष्ट्रेलियाको छ सहरको सांगीतिक यात्रा गरेको थियो ।

यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दैछ । मानवताका लागि संगीतु नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशब्यापी यात्रा सफलता पुर्वक सम्पन्न गरेको थियो । त्यतिबेला मुलुकभर सडक आश्रितहरुको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका दस सहरमा कार्यक्रम प्रस्तुत गरिएका थिए । अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रबर्धन गर्न सफल भएको जस संकलन गरेको थियो ।

‘सोहि यात्राको प्रतिक्रियाबाट प्रेरित भएर हामीले सन २०२३ भरि हाम्रा सबै प्रस्तुतीहरुलाइ ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रबर्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौ ‘ नेपथ्यका अगुवा अमृत गुरुङ भन्छन् ।

नेपथ्य ‘ म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनुअरी २५ मा डार्बिन स्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट प्रारम्भ हुने छ । त्यसपछि जनवरी २८ तारिखमा एडिलेडस्थित ‘हिण्डले म्यूजिक हल’मा र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’ मा सम्पन्न भएसंगै चौथो प्रस्तुतीको लागि अष्ट्रेलियाकै केन्द्रिय राजधानी क्यानबेरामा पुग्ने छ । फेब्रुअरी ३ तारिख शुक्रबारका दिन त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा ब्याण्डले प्रस्तुती दिनेछ । यसअघि पाँचपटक अष्ट्रेलियाको भ्रमण गरिसकेको ब्याण्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ ।

पाँचौ कन्सर्टका लागि ब्याण्ड ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । फेब्रुअरी ५ तारिख आइतबारका दिन ब्याण्डले त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा आफूलाई उभ्याउनेछ ।
त्यसपछिको नेपथ्यको यात्रा पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले फेब्रुअरी १० तारिख शुक्रबारको दिन आफूलाई ‘होडर्न पभिलियन’मा प्रस्तुत गर्नेछ ।

सिड्नी पछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ । उक्त राज्यको राजधानी मेलबर्नमा ब्याण्डले १३ फेब्रुअरी सोमबारका दिन आफूलाई प्रस्तुत गर्नेछ । कन्सर्टका लागि त्यहाँस्थित ‘फोरम मेलबर्न’ हलको छनौट गरिएको छ । सो हल मेलबर्नकै केन्द्र मानिने फ्लिन्डर्स रेलवे स्टेशन नजिकै रहेको छ ।

त्यसपछिको नेपथ्यको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ । अष्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्नेछ । त्यस राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन नेपथ्यका लोकभाकाहरु घन्कने छन् ।

नेपथ्यको अस्ट्रेलिया यात्राको लागि छ जना संगीतकर्मी सहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिक त्यसतर्फ प्रस्थान गर्दैछ । पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरीको २० तारिकमा सो टोली नेपाल फर्कने योजना रहेको छ ।

अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन् । नेपथ्यको अस्ट्रेलिया यात्रासंग सम्बन्धित सबै जानकारी नेपथ्य को अधिकारिक वेबसाइट www.nepathya.com.np मा उपलब्ध छ ।