८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

मेरो कुनै पनि मेनपावरमा संलग्ता छैन: मन्त्री डिपी अर्याल

मेरो कुनै पनि मेनपावरमा संलग्ता छैन: मन्त्री डिपी अर्याल
अ+ अ-

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले कुनै पनि मेन पावर कम्पनीमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले आफू यो देशको सामान्य नागरिक रहेको र अवसर खोज्दै संघर्ष गर्दै १५ वटाभन्दा बढी पेशा र व्यवसायमा लड्दै, उठ्दै आबद्ध, संलग्न, सक्रिय, निष्क्रिय हुँदै आइपुगेको आम मान्छे भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भर्खरै श्रम रोजगार तथा सामजिक सुरक्षामन्त्रीमा नियुक्त हुनुभएका अर्यालले गरिखाने मान्छे भएकाले थोरै थोरै धेरै व्यवसायमा भए पनि मेनपावर कम्पनीमा आफू कहिले पनि नभएको स्पष्ट गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “त्यो वा कुनै मेनपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी। समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो रु मैले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन।”

सामाजिक सञ्जालहरुमा मन्त्री अर्याल म्यानपावर व्यवसायी रहेको र ‘सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज’ का अन्तर्राष्ट्रिय बजार निर्देशकसम्म भएको हुनाले म्यानपावर एजेन्टले श्रम मन्त्रालयको बागडोर सम्हालेको भन्दै व्यापक आलोचना भएपछि उहाँले त्यसको स्पष्टीकरण दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको स्टाटस यस्तो छ:

म यो देशको सामान्य नागरिक। अवसर खोज्दै संघर्ष गर्दै १५ वटा भन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै,आबद्द,संलग्न ,सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हु। म गाँउको सामान्य परिवारको मान्छे। थोरै थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गरेर म जस्तै मेहनती साथीहरूको सामुहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर आफ्नो र धेरैको परिवार पाल्ने काम गरेको मान्छे।देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै ब्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझैपनि छैन।

म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु,सहकारीमा छु, इटा उध्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेश कन्सटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल ब्यवशायमा छु, क्याटरिङ ब्यवशायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु। गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु।तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टरू’ को पद लेखिदिए तर हटाईदिन भुले । तर त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी। समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियोरु मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन।

वेबसाईटहरु अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणीत गर्दैनन्। तैपनि मेरो चुनौती छ, ल भन्नुस म बाट कहिले कुन कुन गैरकानुनी काम भयोरु मन्त्रीका रुपमा काम गर्न जादा आफुले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्य एक हो। म बाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैर कानुनी काम गरेको भए जानकारी गराउनु होला। म यो पदको मर्यादा र गरिमा जान्दछु ।

समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन्। नेपालको प्रेस ले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन्। बाइ द वे म तेल उद्योगमा पनि संलग्न थिए। खैर जे होस्, मलाई प्रेस जगत सँग सवाल जवाफ गर्नु छैन, काम गर्नु छ। र मेरो अन्तिम अनुरोध, मेरो कार्यकालमा ऐतिहासिक कामहरु हुने छ्न्। कृपया अहिले जस्तै तपाईहरुका संचार माध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला। भनेका कुरा पूरा गरिन भने म कुर्सी खाली गरिदिउला। यो मेरो वाचा र चुनौती भयो।यो लामो स्प्स्टोक्ति बाट आफुलाई स्वाद लागेको हेडलाईन हालेर ‘पेल्ने’अधिकार याहाहरुलाई नै दिन्छु । म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु। हस् अब अब काममा लाग्छु।