८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

खेसरीलाल यादव उपस्थित बर्जु महोत्सवमा झडप, प्रहरीसहित पाँच घाइते

खेसरीलाल यादव उपस्थित बर्जु महोत्सवमा झडप, प्रहरीसहित पाँच घाइते
अ+ अ-

इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ ।

हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो । यसवर्ष पनि मंगलबार कलाकार यादव सहभागी हुँदा झडप भएको छ । झडपका क्रममा प्रहरीसहित पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा महोत्सव हेर्नका लागि आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेका छन् । घाइतेको उपचार भइरहेको छ । भारतीय कालाकार यादवलाई हेर्नका लागि गएका दर्शकलाई टिकट बिना प्रवेश निषेध गरेपछि विवाद उत्पन्न भएको थियो । विवाद उत्पन्न भएपछि प्रत्यक्षदर्शीमाथि आयोजक समितिबाट खटिएकाले लाठीचार्ज गरेको महोत्सवमा सहभागीले बताएका छन् ।

झडपका क्रममा गम्भीर भएका घाइतेलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । गत वर्ष पनि सोही ठाउँमा खेसरीलालको कार्यक्रम हेर्न आएका बीच झडप हुँदा ठूलो धनजनको क्षति हुनुका साथै केही दर्शक घाइते भएका थिए । विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिँदा यस्तै समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । रासस