२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि



अ+ अ-

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि क्याटलान क्लब बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको किंग फहद स्टेडियममा गएराति भएको फाइनल खेलमा चीर प्रतिद्वन्द्वी रियल मड्रीडलाई ३-१ गोलले पराजित गर्दै बार्सिलोना च्याम्पियन बनेको हो ।

बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका लागि करिम बेन्जेमाले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई लेवान्डोस्कीले पास उपलब्ध गराए । यस्तै ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

उनलाई गाभीले पास उपलब्ध गराए । खेलको दोस्रो हाफ अन्तर्गत ६९ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ३-० को अवस्थामा लगे । गाभीले उपलब्ध गराएको पासमा ‘अनमार्क’मा रहेका पेड्रीले ‘ट्याप’ गर्दै गोल गरे ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा बेन्जेमाले सान्त्वना गोल गरे । बार्सिलोनाको यो समग्रमा १४ औं उपाधि हो । यस्तै सुपर कपको यो सर्वाधिक उपाधि पनि हो ।