२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश सभामुखमा गुरुङ निर्वाचित



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले बैठक सञ्चालन गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को उपनियम ७ को उपनियम ६ बमोजिम मत विभाजन गर्नुभयो ।

प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गर्नुभएको थियो । उहाँ समानुपातिकतर्फ सुर्खेतबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यस्तै सभामुख पदका उम्मेदवार नेपाली कांगे्रसका खड्ग पोखरेलले १४ मत प्राप्त गर्नुभएको थियो । एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङको कर्णालीको इतिहासमा पहिलो महिला सभामुख हुनुभएको छ । रासस