• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   महिला साफ च्याम्पियनसिप नेपालमा हुने ★   एमाले पोखरा महानगरको अध्यक्षमा जीवन आचार्य निर्वाचित ★   डिशहोम फाईबरनेटले ल्यायो इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि विशेष ‘स्मार्ट अफर’ ★   आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी ★   निर्देशक सुदर्शन थापा पक्राउ ★   जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे… ★   ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित ★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा

बार्सिलोना सुपर कपको फाइनलमा



एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बार्सिलोना उपाधिनजिक पुगेको हो ।

निर्धारित समयमा १–१ र अतिरिक्त समयमा २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे । रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले गोल गर्दा तेस्रो पेनाल्टीमा जुआनमी र चौथो पेनाल्टीमा विलियम कार्भाल्हो गोल गर्न असफल रहे ।

त्यसअघि साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा ४०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा नविल फेकिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८१औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

९३औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । १०१औं मिनेटमा लोरेन मोरोनले गोेल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ११८औं मिनेटमा रियल बेटिस १० खेलाडीमा समेटिन पुग्यो । आन्द्रेस गुआरडाडो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार राति भ्यालेन्सियालाई टाइब्रेकरमै ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल १५ जनवरीमा हुनेछ ।