४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रनमात्रै जोड्यो ।

ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन जोडेपछि खेल टाई भएर सुपर ओभरमा गएको थियो ।

नामिबियाका लागि जान फ्रिलिङ्कले ४५, निको डेभिनले २४, जेरहार्ड इरासमसले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका मेहरान खानले ३ ओभरमा ७ रनमात्रै खर्चेर ३ विकेट लिए । यस्तै, बिलाल खान, आयान खान र अकिब इलियासले १–१ विकेट लिए ।

त्यसअघि केनसिङ्टन ओभल वार्वाडोस मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको ओमानको टोली १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । खालिद काइलले ३४, जिसन मकसुदले २२, आयान खानले १५, सकिल अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियाका रुवेन ट्रम्पेलम्यानले ४, डेभिड वाइजले ३, जेरहार्ड इरामसले २ तथा बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए ।