• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल



एजेन्सी । टी–२० विश्वकप २०२४ अन्तर्गत समूह ‘सी’ को पहिलो खेल र दिनको दोस्रो खेल वेस्ट इन्डिज र पीएनजीबीच भयो । यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले सेसे बाउको अर्धशतकीय इनिङ्समा २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाएर १३७ रन बनाएको थियो । रोभम्यान पावेलको टोलीले ६ बल बाँकी रहँदा पाँच विकेटले खेल जित्यो ।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजको सुरुवात झट्का लागेको थियो । एली नाउले जोन्सन कार्ल्सलाई आफ्नो शिकार बनाए । उनी खाता नखोली नै प्याभिलियन फर्किए । यसपछि निकोलस पुरानले ओपनर ब्रान्डन किङसँग दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे । जोन कारिकोले नवौं ओभरको पहिलो बलमा विकेटकिपर ब्याट्सम्यान पुरनलाई आउट गरे ।

उनले एक चौका र दुई छक्का प्रहार गर्दै २७ रन बनाउन सफल भए । तर किङ ३४ रन बनाएर डगआउटमा फर्किए । यस खेलमा रोभम्यान पावेल १५ रन बनाएर आउट भएका थिए भने रुदरफोर्ड २ रन बनाएर आउट भएका थिए । डेथ ओभरमा रोस्टन चेस र आन्द्रे रसेलले अग्रता लिएका थिए । यी दुईबीच ४० रनको अविजित साझेदारी थियो । पीएनजी विरुद्ध रोस्टनले ४२ रन बनाए भने रसेलले १५ रन बनाए । पिएनजीका लागि असद भालाले २ तथा एली, सोपर र कारिकोले एक–एक विकेट लिए ।

स्कोर ९७/५, शेरफान रदरफोर्ड आउट हुनेबित्तिकै १३७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको आधा टोली प्याभिलियन फर्किएको थियो र जितका लागि २४ बलमा ४० रन आवश्यक थियो ।

२ पटकको च्याम्पियन वेस्ट इन्डिजको यो रन चेसले प्रतियोगिताको अन्तिम सिजनको खेलको सम्झना गरायो, जब वेस्ट इन्डिज राउन्ड १ को समूह बीको खेलमा जिम्बावेसँग ३१ रनले पराजित भएको थियो । जिम्बाब्वेले १ सय ५३ रन बनाएको थियो ।

पपुवा न्यू गिनीले पनि १९ अक्टोबर २०२२ आइतवार होबार्टमा बनाएको इतिहास दोहोर्‍याउने छ जस्तो लाग्यो । तर, रोस्टन चेस र आन्द्रे रसेलको जोडीले १८ बलमा अविजित ४० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

सेसे बाउ टी–२० विश्वकपमा पपुवा न्युगिनीका लागि अर्धशतक प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बने । चौथो नम्बरमा ब्याटिङ गर्न आएका यी खेलाडीले ४३ बलको सामना गर्दै ५० रन बनाए । यस क्रममा उनको ब्याटबाट ६ चौका र एक छक्का निस्के । बाउ भन्दा पहिले, यो उपलब्धि कप्तान असद भालाले गरेका थिए । यो अर्धशतक अघि भाला टी–२० विश्वकपमा पिएनजीका लागि अर्धशतक बनाउने एकमात्र ब्याट्सम्यान थिए ।

पिएनजीले वेस्ट इन्डिज विरुद्ध २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीले खासै राम्रो सुरुवात गर्न सकेन । ओपनिङमा ब्याटिङमा आएका टोनो ओराले मात्र दुई रन बनाउन सके । उनी पाँच रनको स्कोरमा रोमारियो शेफर्डबाट आउट भए ।

यसपछि टोलीलाई लिगा सियाकाको रूपमा दोस्रो झटका लाग्यो । उनी मात्र एक रन बनाएर प्याभिलियन फर्किए । यसपछि मोर्चालाई सेसे बाउ र क्याप्टेन असद वालाले सम्हालेका थिए । दुईबीच २७ रनको साझेदारी भएको थियो जसलाई अल्जारी जोसेफले तोडेका थिए ।

वेस्ट इन्डिजविरुद्ध भाला २१ रन बनाएर आउट भएका थिए । यस खेलमा सेसेले ५ रन, हिरी हिरीले २ रन, चार्ल्स अमिनीले १२ रन, किप्लिन दोर्जियाले २७ रन (नटआउट), चाड सोपरले १० रन, एली नाओले शून्य र काबुवा मोरियाले २ रन बनाएका थिए । वेस्ट इन्डिजका रसेल र जोसेफले समान २–२ विकेट लिए । अकिल हुसेन, रोमारियो शेफर्ड र मोती गुदाकेशले एक–एक सफलता हात पारे ।