२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना सुपर कपको फाइनलमा



अ+ अ-

एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बार्सिलोना उपाधिनजिक पुगेको हो ।

निर्धारित समयमा १–१ र अतिरिक्त समयमा २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे । रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले गोल गर्दा तेस्रो पेनाल्टीमा जुआनमी र चौथो पेनाल्टीमा विलियम कार्भाल्हो गोल गर्न असफल रहे ।

त्यसअघि साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा ४०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा नविल फेकिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८१औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

९३औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । १०१औं मिनेटमा लोरेन मोरोनले गोेल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ११८औं मिनेटमा रियल बेटिस १० खेलाडीमा समेटिन पुग्यो । आन्द्रेस गुआरडाडो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार राति भ्यालेन्सियालाई टाइब्रेकरमै ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल १५ जनवरीमा हुनेछ ।