९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा सदस्यको हैसियत वडा सदस्य सरह पनि नभएको सांसदहरुको गुनासो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सांसदहरुले आफूहरु मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो भएको गुनासो गरेका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै सांसदहरुले राष्ट्रिय सभा सदस्यको राज्यले दिएको र स्वयम व्यक्तिगत रुपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् ।

उनीहरुले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे । उनीहरुले राष्ट्रिय सभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधि सभा सदस्य भन्दा तल राखिने गरेको भन्दै आपत्ति जनाए । राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसद जस्तो हुने गरेको बताउनु भयो ।

उहाँले राज्यले दिएको मर्यादा र स्वयं व्यक्तिले पाउने मर्यादा समेत नपाएको गुनासो गर्नुभयो । उहाँले विभिन्न कार्यक्रममा समेत प्रतिनिधि सभा सांसदलाई पहिला र राष्ट्रिय सभा सांसदलाई पछि बोलाउने गरेको बताउनु भयो । उहाँले अहिलेको यस्तो अवस्थालाई स्थापित गराउनको लागि समितिले प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनु भयो ।

अर्का सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारी रुपमा कार्यान्वयन भए÷नभएको अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी हुनुपर्ने बताउनु भयो । उहाँले समितिले थोरै काम र निर्देशन गरी परिणाम ल्याउँदा मात्रै राम्रो हुने अन्यथा छलफलमा मात्रै सिमित हुने बताउनु भयो ।

सांसद विमला घिमिरेले राष्ट्रिय सभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादा क्रम सच्याउनुपर्ने बताउनु भयो । उहाँले माथिल्लो सदनको सांसद तल बस्ने तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधि सभा सांसदलाई माथि राख्न नमिल्ने बताउनु भयो ।

सांसद कमलादेवी पन्तले प्रतिनिधि सभा नचल्ने बित्तिकै राष्ट्रिय सभा नचल्ने अवस्था भएर राष्ट्रिय सभाको औचित्य नभएको महशुस भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभाको औचित्य नभए राज्यलाई भार बनाउन नहुने बताउनु भयो । उहाँले प्रतिनिधि सभा नचल्दा राष्ट्रिय सभा पनि नचल्ने यकिन हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा निरिह सभा जस्तो भएको बताउनु भयो ।

सांसद शारदादेवी भट्टले राष्ट्रिय सभाका सांसदले कुनै अधिकार नपाएको बताउनु भयो । उहाँले राष्ट्रिय सभामा बोलेका र समितिमा छलफल भएका कुनैपनि विषय कतै कार्यान्वयनमा नआएको बताउनु भयो । उहाँले राष्ट्रिय सभाका सांसदले संसदमा बोल्ने काम मात्रै भएको बताउनु भयो ।

त्यस्तै सांसद सिंगबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सांसद बौद्धिक रुपमा माथि भएपनि राष्ट्रिय सभा सदस्य नै उनीहरु भन्दा माथि हुने बताउनु भयो ।

उहाँले राष्ट्रिय सभाका सदस्यको हैसियत वडा सदस्य जतिको समेत नभएको बताउनु भयो ।