१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी बैठक आह्वान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ । आजै दिउँसो २ बजे बस्नेगरी आफ्नो निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीको सांगठानिक सुदृढीकरण तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाइएको छ ।

नेपाली कांग्रेसभित्र प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि असन्तुष्टि बढेको छ । पदाधिकारी बैठकले विश्वासको पक्षमा मत दिने वा नदिने भन्नेबारे निर्णय गर्न नसकेपछि विश्वासको मत नदिने पक्षमा रहेका नेताहरुले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुनुपर्ने माग गर्नुभएको थियो ।

तर मतदान गर्ने दिन केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश सदस्यहरु उपस्थित हुननसक्ने भएपछि केन्द्रीय कार्यसमितिले गर्ने निर्णयको अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको थियो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरुले निर्णयमाथि फरक मत राख्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षीको भूमिका कांग्रेसले गुमाएको भन्दै सभापति देउवाको आलोचनासमेत भइरहेको छ ।