२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशको औचित्य सावित गर्ने अधिकतम कोशिस गर्छौं: मुख्यमन्त्री अधिकारी



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताउनुभएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपश्चात् पत्रकारसँग कुरा गर्दै उहाँले स्थानीय तह र केन्द्रसँग समन्वय, सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

“समृद्ध गण्डकी, समुन्नत गण्डकी र सुखी गण्डकीका जनता बनाउने कोशिसमा रहनेछौँ”, उहाँले भन्नुभयो । यो जिम्मेवारी असाधारण रहेको र परिस्थितिलाई सामान्य बनाउने भन्दै उहाँले राजनीतिक दलबीच सहमति, सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । मुख्यमन्त्री अधिकारीले मन्त्रिमण्डल सानो हुने सङ्केत गर्नुभयो ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएकामा अधिकारीले ३३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को उहाँलाई समर्थन छ । चुनावपछि एकीकृत समाजवादीमा प्रवेश गरे पनि राजीव गुरुङले स्वतन्त्र सांसदकैरुपमा अधिकारीलाई समर्थन गर्नुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका अधिकारीले कास्की निर्वाचन क्षेत्र १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । मुख्यमन्त्री अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले शपथ ग्रहण गराउनुहुने कार्यक्रम छ ।