• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

गण्डकी प्रदेश: खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त



पोखरा । गण्डकी प्रदेशमा नेकपा (एमाले) का प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

संविधानका धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर बहुमत जुटाएका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन् । अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ र एक स्वतन्त्र सदस्य दीपक मनाङेसहित कूल ३३ सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।