२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश: खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा नेकपा (एमाले) का प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

संविधानका धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर बहुमत जुटाएका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन् । अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ र एक स्वतन्त्र सदस्य दीपक मनाङेसहित कूल ३३ सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।