१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित



अ+ अ-

काठमाडौँ । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सांसद बरालीलाई सम्मान गर्नुभयो । लामो समयदेखि दलित समुदायको मुक्तिका निम्ति सङ्घर्ष गर्नुभएका सांसद बराली नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक सांसदमा निर्वाचित हुनुभएको हो । प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका सांसद बरालीले नेपाली साहित्यको क्षेत्रसमेतमा सक्रिय हुनुहुन्छ ।

सोही अवसरमा प्रदेश प्रमुख परियारले सामाज रुपान्तरणको निम्ति दलित समुदायको मुद्दा राज्य र समाजको साझा मुद्दा बन्नुपर्ने धाराणा राख्नुभयो । प्रतिष्ठानका उपाध्यक्ष तथा दलित अधिकारकर्मी मोतिलाल नेपालीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायत राज्यका हरेक संरचनामा दलित समुदायको समाज सहभागिताको माग गर्नुभयो । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट संंसद्मा समानुपातिकमा १५ जना र प्रत्यक्षमा एक जना गरी दलित समुदायबाट १६ जनाको प्रतिनिधित्व भएको छ ।

प्रतिनिधसभामा जम्मा सांसदको सङ्ख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी कूल जनसङ्ख्याको १४ प्रतिशत अर्थात १६ जना दलित सांसदको उपस्थिती रहेको छ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकमा २८ जना सांसद निर्वाचित भएका छन् ।