• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

देउवाले बोलाए पदाधिकारी बैठक



file photo

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा समसामयिक राजनीतिबारे छलफलका लागि बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ ।

यसअघि २३ गते कांग्रेस संसदीय दलको बैठक बस्दैछ । माओवादी केन्द्रले बुधवार पार्टी उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन कांग्रेसलाई प्रस्ताव गरेको थियो ।

राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याउँदै शर्माले सभापति देउवासँग भेट गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिन प्रस्ताव राखेका थिए । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी छ ।