५ पुष २०८२, शनिबार
,
Latest
महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनभरी थकित महसुस गर्नुहुन्छ भने हुनसक्छन् यी कारण, जान्नुहोस्



अ+ अ-

काठमाडौं । दिनभरी कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ रु नचाहँदा नचाहँदै पनि यसले तपाइँकोकामको प्रभावकारी घटाइरहेको हुन सक्छ । प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस् यी हुन सक्छन् यसका कारणहरु:

१) प्रशस्त पानी नपिउनु: अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् ।

२) आइरनको कमी: रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्तमात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुस् ।

३) ब्रेकफास्ट: ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरीनै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ । त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।

४) अनियमित ब्यायाम: यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

५) काममा लोड: कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ ।

(एजेन्सीको सहयोगमा)