९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोल्ड ड्रिंक्सको हट कन्ट्रोभर्सी !



अ+ अ-

काठमाडौं । युरो २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि म्याच कन्फरेन्सको हो । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रि कन्फरेन्सका बेला कोका कोलाका दुईवटा बोतल आफ्नो अगाडिबाट हटाएका थिए ।  त्यतिबेला रोनाल्डोले आफ्नोअघि राखिएका कोकका दुई वटा बोतल हटाएर कोक होइन पानी पिउनुपर्छ भनेका थिए । रोनाल्डोको त्यो भनाईले कोकाकोला कम्पनीलाई ४ अर्ब डलरको नोक्सान भएको कुरा बाहिरिएको छ ।

कोकमा अत्याधिक चिनी हुने र बिना पौष्टिक तत्वको पेय पदार्थ भएकोले यसमा भएको विशेष किसिमको स्वादले स्वास्थ्यमा धेरै असर गर्ने गर्छ। ३ सय मिलिलिटरको कोकमा १० चम्चा चिनी हुन्छ तर पनि मानिसहरुले यसमा अत्याधिक गुलियो छ भन्ने कुरा महशुस नै गरिरहेका हुँदैनन् । विश्व स्वास्थ्य संगठनको भनाइ अनुसार एउटा मानिसले एकदिनमा ५ ग्राम, अर्थात् १ चम्चा चिनी खानु उपयुक्त हुन्छ ।

यस्ता पेय पदार्थले मोटोपनको समस्या, सुक्ष्म पोषक तत्व र क्याल्सियमलाई नष्ट गर्दछ । क्याल्सियमको कमीले हड्डीहरु कमजोर हुन्छ । यस्ता किसिमका गुलियो खानेकुरा खाने मानिसहरुले अन्य किसिमका खानेकुराहरु पनि धेरै खान्छन् । परिणमस्वरुप यस्ता मानिसलाई मधुमेहको समस्या हुन्छ ।

‘मधुमेहका बिरामीहरुलाई भनेर विशेष किसिमको डाइट कोक ल्याइएको छ,’ ‘यो सबै बिक्री गर्नका लागि ल्याइएको वाइयात मात्रै हो, यसका फाइदा छैनन्, तर धेरै हानी छन् ।’ ‘कलाकारहरु विज्ञापनमा देखिन्छन् तर, उनीहरु नै खाँदैनन्,’ ।’ यस्तो विज्ञापनको कुरा विश्वास गरेर स्वास्थ्य खराब गर्ने कि नगर्ने रु यो तपाईको हातमा छ ।