२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् सचिवालयको सचिवमा डा पाण्डेको पदोन्नति



अ+ अ-

काठमाडौं । सङ्घीय संसद् सचिवालयका सहसचिव डा रोजनाथ पाण्डे सचिवमा बढुवा हुनुभएको छ ।

संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले उहाँलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहनुभएको छ ।

त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उहाँलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उहाँ हाल लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

निजामती सेवामा विस २०६७ चैत २४ गते देखि उपसचिवबाट सेवा प्रवेश गर्नुभएका पाण्डे विसं २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिवमा आउनुभएको थियो । नेतृत्व व्यवस्थापन विषयमा पिएचडी गर्नुभएका उहाँले त्यसअघि विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम अधिकृतका रुपमा पाँच वर्ष काम गर्नुभएको थियो । रासस