५ पुष २०८२, शनिबार
,
Latest
महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप ३० हजार ९३ नयाँ सङ्क्रमित, ३७४ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ । 

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ६ हजार १३० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ३७४ जनाको मृत्यु भएको पनि मन्त्रालयले मंगलबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार ४८२ पुगेको पनि सो मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा ४५ हजार २५४ कोरोना मुक्त भएपछि  भारतमा  तीन करोड ३ लाख ५३ हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ७३ लाख ४१ हजार १३३ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९२ हजार ३३६ जनाको स्वाब परीक्षण जुलाई १९ का दिन भएको छ । 

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना  भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार ४०१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । (रासस-एएनआई)