• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपाल टी–२०: लुम्बिनीले काठमाडौंलाई दियो १८४ रनको लक्ष्य



काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत आज भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाइटँलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

पहिले टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो । काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरेपछि आजको खेल १७ ओभरमा छोट्याईएको थियो ।

लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धसतकीय ईनिङ खेले । उनले लाहिरु मिलान्थासँग मिलेर ९८ रनको साझेदारी गरे । मिलान्थाले २९ बलमा २६ रन बनाए । गुलसन झाले ११ बलमा २१ रन बनाए भने ह्यारी टेक्टरले १७ रन जोडे । अनिल शाह १६ रनमा अविजित रहे भने कुशल भुर्तेलले १५ रन बनाए ।

काठमाडौंका लागि अभिनास बोहोराले ३ विकेट लिए भने बसिर अहमदले २ विकेट लिए ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।