११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: लुम्बिनीले काठमाडौंलाई दियो १८४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत आज भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाइटँलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

पहिले टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो । काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरेपछि आजको खेल १७ ओभरमा छोट्याईएको थियो ।

लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धसतकीय ईनिङ खेले । उनले लाहिरु मिलान्थासँग मिलेर ९८ रनको साझेदारी गरे । मिलान्थाले २९ बलमा २६ रन बनाए । गुलसन झाले ११ बलमा २१ रन बनाए भने ह्यारी टेक्टरले १७ रन जोडे । अनिल शाह १६ रनमा अविजित रहे भने कुशल भुर्तेलले १५ रन बनाए ।

काठमाडौंका लागि अभिनास बोहोराले ३ विकेट लिए भने बसिर अहमदले २ विकेट लिए ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।